राजविराज, १० माघ । मलिथाम फुटबल क्लब उदयपुरले सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न पहिलो क्वाटर फाइनलमा प्रोगे्रेसिभ एफसी ओद्राहा सप्तरीलाई ०–३ गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल क्लब उदयपुरले सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको १५ औं मिनेटमा मलिथमका दिव श्रेष्ठले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएको थियो । पहिलो हाफकै २६ औं मिनेटमा मलिथमका बिशाल चौधरीले डिबक्स बाहिरको बललाई ओद्राहाको गोलपोष्टमा जाली चुमाएपछि मलिमथलाई बलियो अवस्थामा पु¥याएको थियो । पहिलो हाफसम्म दुई गोलको अग्रता बनाएको मलिथमका दिवस चौधरीले आफ्नो व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गराएको थियो ।
प्रतियोगिताको दोश्रो क्वाटर फाइनलमा भोली आइतवार इन्द्रेणी फुटबल क्लब सोमबारे फुटबल क्लब उदयपुर र शम्भुनाथ नगरपालिका फुटबल टिमले प्रतिष्पर्धा गर्ने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो ।
शम्भुनाथ नगरपालिकाको आर्थिक सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सो प्रतियोगिताका बिजेता टिमले नगद रु. ५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।



















