राजविराज, ७ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलमा न्यू शिबशक्ति युवा फुटबल क्लब सिन्धुली विजयी भएको छ । 

खेलमा इनरुवा एफसी सुनसरीलाई ०–२ गोल अन्तरले पराजित गर्दै सिन्धुली विजयी भएको हो । 

शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली बिहीवार आयोजक सन्यासी युवा क्लब पोखरिया र युनाइटेड युवा क्लब महोत्तरीबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । 

प्रतियोगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

सो प्रतियोगिताका बिजेता टिमले नगद रु.  ५७ हजार  तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।