सिरहा,चैत्र १४ गते । मधेश प्रदेशका संचार तथा कानुन मन्त्री राज कुमारी लेखीले मर्यादित पत्रकारिता पेशालाई अमर्यादित नबनाउन सबैमा आग्रह गर्नुभएको छ । 

आज सिरहाको लहानमा मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरद्वारा आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठीमा मन्त्री लेखीले पत्रकारिताको नाममा आफ्नो आचारसंहिता विर्सदै डर, धाक, धम्की, ब्ल्याकमेलिंग जस्ता क्रियाकलापहरु गरिरहेको आफूलाई अनुभूति भएको भन्दै यसलाई सच्याउन सबैमा अनुरोध गर्नुभयो  

प्रदेश सरकार, स्थानीय सरकारमा भइरहेको बेतिथि, विकृति, सुशासन, अनियमितता, विसंगतिविरुद्ध निरन्तर आवाज उठाउन र जनता सामु पस्किन आग्रह गर्नुहुँदै पत्रकारहरुको पेशालाई सुरक्षित, वृद्धि विकास गर्न आफूले भरपूर सहयोग गर्ने मन्त्री लेखीले प्रतिबद्धता जनाउनुभयो ।  

जिल्लाभरिका पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष कैलाश दासले गर्नुभएको थियो ।

vlcsnap-2025-03-27-18h41m36s797