सिरहा,चैत्र ६ गते । आज सिरहाको सुखिपुर बजारमा दिन दहादै हतियार देखाएर फिल्मी शैलीमा डकैती भएको छ ।

सुखिपुर न.पा. वडा नं.८ क्याम्पस चौक स्थित रहेको धमेन्द्र यादबको घरमा एक जना हतियारधारी युवा दिनको २ बजेको समयमा एकलै घर भित्र पसी पेस्तोल कन्चटकमा लगाई लाखौको धनमाल लुटपाट गरेको छ ।

बजार एरियामा दिउसै लुटपाट हुन ईलाका प्रहरी कार्यालय सुखिपुरको संग्लनता रहेको स्थानिय पत्रकार सुनिल कुमार साहले बताए ।

ध्रमेन्द्रको घरमा उनको परिवार एकलै भएको मौका छोपी यसरी बजार एरिया भित्र लुटपाट हुन स्थानियहरु आफु असुरक्षीत रहेको स्थानियहरुको भनाई रहेको छ ।

ईलाका प्रहरी कार्यालय सुखिपुरका प्रमुख सजेन्द्रे पोखरेले भारतबाट अबैध रुपमा आउने माल समान पास गराउनमा ब्यस्त रहेको स्थानिय पत्रकार सुनिल कुमार साहले बताउनु भयो ।

त्यसतै आज विहान १० बजे वरिष्ट हबल्दार राम प्रकाश यादब सहितको टोलीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको अबैध समान मिचाई र कुरकुरे पक्राउ गरे र सय सजेन्द्रे पोखरेले रकम लिई छाडेको नाम उल्लेख नगर्ने सर्तमा एक व्यक्तिले बताए । 

यो समाचारमा उल्लेख भए अनुसारको प्रमण यस कार्यालयमा सुरक्षित रहेको छ ।