सिरहा,भदौ २४ गते । ५८ औं साक्षरता दिवसको अवसरमा सखुवानन्कारकट्टी गाउँपालिका सिरहाले अन्तर मा.वि.स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गर्दै धुमधामसँग मनाएका छन् ।

बहुभाषिक शिक्षाको प्रवद्र्धन,  पारस्पारीक समझदारी र शाान्तिको लागि साक्षरता भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका चार माध्यमिक सहित विस वटा विद्यालयको सहभागिता रहेको थियो । 

वक्तृत्वकला प्रतियोगितामा सहभागी मध्ये प्रथम, दितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाले भरपूर सहयोग गर्ने वताउँदै सोही अनुसारको शिक्षकहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।  

vlcsnap-2024-09-09-18h38m38s735

शिक्षामा गुणस्तर कायम गर्न शिक्षा रणनीतिक योजनाको विकल्प नरहेकोले अबका दिनमा गाउँपालिकामा शैक्षिक गुणस्तरीयता कायम गर्न शिक्षामा रणनीति योजना वनाउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झाले वताउनुभयो । 

आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०।०८१ मा पालिका भित्र उत्कृष्ट गर्ने शिक्षक र विद्यार्थीहरुलाई समेत गाउँपालिकाले सम्मान गरेका थिए । 

महेश्वारी माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक जीवछ प्रसाद यादवले गरेका थिए भने उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाज सेवी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । 

vlcsnap-2024-09-09-18h39m37s966vlcsnap-2024-09-09-18h39m55s042vlcsnap-2024-09-09-18h36m23s759vlcsnap-2024-09-09-18h40m29s989vlcsnap-2024-09-09-18h41m07s112vlcsnap-2024-09-09-18h42m01s114vlcsnap-2024-09-09-18h39m21s982vlcsnap-2024-09-09-18h39m00s821