सिरहा,भदौ ७ गते । पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेट युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना हुँदा बसमा सवार ४१ जना मध्ये २१ जनाको मृत्यु भएको छ भने अन्य गम्भीर घाइते भएका छन् ।
तनहुँको आबुखैरेनीमा भएको दुर्घटनाका घाइतेको उद्धारका लागि मेडिकल टिमसहित नेपाली सेनाका हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गम्भीर घाइतेहरुलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने जनाइएको छ ।




















