सिरहा,साउन २६ गते । सिरहाको वरियारपट्टी भन्सार,सस्त्र प्रहरी बरियापट्टी र सुखीपुरको मिलोमतोमा आएका भन्सार छलीका समान गोलवजारका ईन्सपेक्टरको कमाण्डमा खटिएको टोली जिरोमाईलमा पक्राउ गरेका छन् ।
सवरियापट्टी जिरोमाईल सडक खण्डमा चल्ने बस तथा अटोमा ब्यापरीहरुले अबैध रुपमा भन्सार छली गरी ल्याएका अबैध समान सशस्त्र प्रहरी वल गोलवजारका ईन्सपेक्टर दशरथ अधिकारीले पक्राउ गरी सुखिपुरलाई जिम्मा बुझाइएको छ ।
सशस्त्र प्रहरी वल वरियारपट्टी र सुखिपुरले मासिक रुपमा ब्यपारीहरु संग पैसा लिई सहज रुपमा समान ल्याउन दिने गरेकोले विशेष सुचनाको अधारमा गोलवजार सशस्त्र प्रहरी प्रमुख आफैले जिरोमाईलमा पक्राउ गरेको छ ।
बरियारपट्टी चौक भन्दा अगाडी नेपाल प्रहरीको चेकिङ्ग प्वाईन्ट बस्छ,त्यस्तै छजनामा सशस्त्र प्रहरी सु्खिपुरको चेक प्र्वान्ट वस्छ र सुखिपुरमा नेपाल प्रहरीको चेक प्र्वान्ट वस्छ र जिरोमाईलमा ईलाका प्रहरी कार्यालय धनगढीको चेक प्वाईन्टमा बस्छ तर उनीहरु बस या अटो रिक्सामा आएको समान प्रति खेपी एक सय र मासिक रुपमा लिएको रकम अनुसार चेक नै नगरी छाडने गरेको पूर्वाञ्चल एक्प्रेस अनलाईन न्यूजलाई नाम नछापने सर्त बताउनु भयो ।
यसरी मासिक रुपमा रकम लिई सहजै अबैध मालसमान ब्यपारीहरुलाई लग्न दिई रहेको र सो सडक खण्डमा चल्ने सबै यात्रुबाहक बस तथा अटो रिक्सामा समान मुख्य बजार गोलवजार लहान सम्म पुर्याउने गरेको श्रोतको भनाई रहेको छ ।
यसरी नाका अगाडीबाट अबैध रुपमा समान ओसार पसार गर्दा पनि नदेखनु यसले प्रष्ट हुन्छ कति सम्म विकाउ बनेका छ प्रहरी प्रशासन स्थानिय सरोज यादबले बताए ।




















