सिरहा,साउन २६ गते । डिभिजन वन कार्यालय सिरहा लहानका डिभिजनल वन अधिकृत झालाई आज एक कार्यक्रम गरी नागरिक समाजले सम्मान गरेका छन् ।
गोलवजार नगरपालिकाको चौर्हवा स्थित रहेको रेडक्रस भवनमा त्यहाका नागरिक समाजका अगुवाहरुले एक कार्यक्रम गरी डिएफओ सुजीत कुमार झा वन अधिर्कत मनोज कुमार कर्ण,आविद हुसेन लागयत वनकर्मीहरुलाई लगायत कान्तिपुर टेलिभिजनका सिरहा सम्वाददाता विनय यादबलागयतका व्यक्तिहरुलाई आज सम्मान गरिएको छ ।
सिरहा जिल्लामा डिभिजनल वन अधिकृत सुजीत कुमार झा गत साउन ३१ गते सिरहामा हाजिर भई जिल्लामा वन क्षेत्र संरक्षण तथा अबैध उत्खन्न कार्यहरु गर्दै राजनितिक आडमा सिरहाको चौर्हवामा आर्मी व्यारेक अगाडी ४ दशक अगाडी देखी वन अतिक्रमण गरी घर टहरा बनाई मदिरा पसल संचालन गरी चलाउदै आएको घर टहरा हटाई पुनः वन क्षेत्रमा कायम गरेकोले आज एक कार्यक्रम गरी सम्मान गरेको छ ।
अधिकृत झा सिरहा जिल्लामा आए लगतै अबैध ढुङ्गा गिटी उत्खन्न लगायतका वन पैदावार चोरी निकासी सम्वन्धि १ दर्जन बढी मुद्दा दायर गरी चाईनाका नागरिक समेत सिरहाका दुई स्थानियतहका कर्मचारीहरु माथि मुदा दायर गरी स्थानिय नागरिक समाजका लोकप्रिय बनेका छन ।
झाका अनुसार नागरिक समाजले गरेको सम्मान भन्दा कुनै सम्मान ठुलो नरहेको बताए साथै जिल्लाका विभिन्न स्थानमा रहेको अतिक्रमित क्षेत्रहरु योजनाबद्ध रुपमा हटाउन वन कार्यालय कहिले पछाडि नहुेन बताउनु भयो ।




















