सिरहा,साउन ५ गते। सिरहाको बरियारपट्टीमा मोटरसाइकलको ठक्करबाट सार्इकल चालकको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्र्तगत औरही गाउँपालिका वडा नम्बर १ दरहैया स्थित म.प्र.०१००४प८२२८नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा स्थानिय २२ वर्षीय रमेश कुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक मण्डलको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी लहानले जनाउनु भयो ।
मृतकलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा लाने तयारी गरेको र घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाउनु भयो ।
त्यस्तै मोटरसाइकल चालक बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टीको २० वर्षीय चन्दु साहलाई थप उपचारको लागि बिराटनगर लगिएको र गाडी अमित साहको रहेको स्थानीयको भनाइ रहेको छ ।




















