सिरहा,असार ११ गते । वन अतिक्रमण गरी चारकोठे बनाएको भवन डिभिजन वन कार्यालय सिरहा,लहानले भत्काएको छ । साविक चन्द्रउदयपुर हाल गोलबजार नगरपालिका वडा नं.९ चोहर्वा व्यारेक नजिक सत्यदेव यादवले वन अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन भत्काएको हो ।
घर निर्माणाधिन अवस्थामै वडा कार्यालय र वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दा गर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।्
उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए ।

वन अधिकृत झाले भने वन कार्यालयको मिति २०८१।०२।१३ गतेको पत्रबाट १५ दिने जग्गा खाली गर्ने सूचाना गरेका थिए सोही अनुरुप समयमा जग्गा खाली नगरेको अबस्थामा आज हामीले सवै प्रकृया पुरा गरेर घर भत्काएका हौं ।
नेपाल प्रहरी, सशस्त्रप्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए । सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नवनाउन भने पनि उनले अटेर गरेर घर बनाएको बताए ।
यादवको वनसँगै जोडिएको घरमा तीन तल्ले भवन रहेको छ । उनीहरुले आफ्नो अगाडीको सरकारी जमिन भएकोले आफूह?ले प्रयोग गरेको दावी गरे । उनीहरुले भने, ‘हाम्रो अगाडीको जमिन हो, अन्यले पनि प्रयोग गरिरहेका छन, मारुती सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छ । हामीले पनि घर बनायौं।’

उनीहरुलाई तपाईहरुको घर हो भन्नु हुन्छ, किन भत्कायो ? भनि सोध्दा ‘मैले बोलेर घर फर्किन्छ ? भन्दै प्रतिकृया दिन चाहेनन्।
सिरहामा भु–माफियाहरुले रानितिक प्रभावमा व्यापक रुपमा वनको जग्गाहरु अतिक्रमण गरेको स्थानिहरुको भनाई छ । अतिक्रमित जग्गाहरु संरक्षण गर्नुपर्न स्थानियहरुको माँग गरेको छ ।
यता प्रमुख झाले भन्ने जिल्लाका बिभिन्न स्थानमा वन अतिक्रमण गरी वनाईएको घर टहरा साथै अतिक्रमित क्षेत्र पुनः वन बुटान क्षेत्रमा कायम गर्न लागि परेको बताए ।




















