सिरहा, असार १० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका वडा नं. ३ का २८ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ । 

होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँग मृतक कामती होटलमा प्रवेश गरेको जानकारी दिनुभयो । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामतीको मृत शरीर देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिनुभयो ।  

मृतक कामती वैदेशिक रोजगारीबाट आज विहान घर फर्किएको परिवारजनले जनाएको छ । मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी विहानै घरबाट निस्किएको वताउनुभयो । मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी रहेको जनाइएको छ । 

कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको वताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

vlcsnap-2024-06-24-20h17m31s158

vlcsnap-2024-06-24-20h17m47s278