सिरहा,जेष्ठ १७ गते ।सिरहाको लहानमा बुधबार विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी भार होइन, प्रकृतिले दिएको उपहार हो भन्ने मूल नाराका साथ मेलाको आयोजना गरिएको छ ।
महिनाबारीलाई अवसरको रुपमा लिने उद्देश्यले आयोजना गरेको मेलामा लहान नगरपालिकाका १७ वटा विद्यालयका किशोर किशोरी लगायतहरुको सहभागिता रहेको थियो ।

महिनावारीलाई स्वच्छ बनाउनको लागि घर र विद्यालयहरुमा सामाग्री तथा संरचना मात्र भएर नहुँने भन्दै सबैको महिनाबारीप्रति सकारात्मक सोच भयो भने मात्र महिनाबारी भएको किशोर किशोरीमा देखा पर्ने समस्या हटेर जाने अभियन्ताहरुले जानकारी दिनुभयो ।
विशेषतः तराई मधेशमा महिना बारीको बेला किशोरीहरुले विद्यालय नआउने, चुलो चौकामा आउन वन्देज हुने, सरसफाईमा ध्यान नदिने, पौष्टिक आहार अपुग हुने जस्ता खालका समस्या हालसम्म पनि यथावतै रहेको छ ।






















