सिरहा,चैत्र २८ गते । सिरहाको लहानमा उद्योग वाणिज्य संघको आयोजनामा चैत्र ३० गतेदेखि शुरु हुने लहान एक्स्पो मधेश प्रदेश प्रदेश स्तरीय अन्तर्राष्ट्रिय महोत्सवको तयारी पूरा भएको छ ।
आयोजित पत्रकार सम्मेलनमा समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार मुख्य नाराका साथ धुमधामका साथ संचालन हुने महोत्सवको उद्घाटन संघीय सरकारका उप प्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले गर्नुहुने कार्यक्रम रहेको जनाएको छ ।
लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारडाका अनुसार ३० गते संचालन हुने उक्त महोत्सवमा एक सय एकाईस वटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्पादनको स्टलहरुमा कृषि, महिला उद्यमी, साना घरेलु उद्यमीका स्टलदेखि पाकिस्तान, बैंगलोर, भारत लगायतका उत्पादित विभिन्न सामाग्रीसँगै परिकार, अटोमोवाइल लगायत रहने जनाइएको छ ।
महोत्सव हेर्न आउने दर्शकहरुको लागि विभिन्न परिकार, मनोरन्जनात्मक गीत, संगीत तथा नाचगान, वाल उद्यान लगायतका सामाग्री समेत राखिएको छ ।

























