सिरहा,फाल्गुन २९ गते । नेकपा एमालेका पुराना नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आज अपरान्ह सिरहाको गोलबजारस्थित आफ्नै निवासमा ८० वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि विभिन्न रोगबाट पीडित सुखिपुर नगरपालिका ६ खरही टोलमा विसं २००० सालमा जन्मिनु भएका यादव पछिल्लो केही वर्ष अगाडिदेखि परिवारसहित गोलबजार नगरपालिका वडा नं. ६ मा बसोबास गर्दै आउनुभएको थियो ।  

२०१६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएदेखि निरन्तर रूपमा कम्युनिस्ट पार्टीमै सक्रिय व्यक्तित्व हुन् । साद्गी जीवनका यादव २०७६ कात्तिक १८ गते गण्डकी प्रदेश प्रमुख बनेका थिए ।  उनको आजै जन्मथलो सिरहाको सुखिपुरमा लगेर अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन् ।