सिरहा,फाल्गुन २९ गते । सिरहास्थित लहान नगरपालिका वडा नं. १० मा नगरपालिकाको अठार करोडको लागतमा लहान नगर अस्पताल बन्ने भएको छ ।
लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधीले लहान अस्पतालको आज शिलान्यास गर्नुहुँदै नगर क्षेत्रभित्रका जनताले स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले पाउन भन्ने उद्देश्यले लहान नगर अस्पताल बनाउन लागिएको वताउनु भयो ।
संघीय सरकारबाट प्राप्त अनुदानबाट निर्माण हुन लागेको सुविधा सम्पन्न लहान अस्पतालको निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र नगरपालिकाबीच सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
सरकारी तथा निजी स्तरको लहानमा संचालित अस्पतालले जनचाहना बमोजम सर्व सुलभ तरिकाले स्वास्थ्य सेवा दिन नसकिएकाले लहान नगर अस्पताल बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।
लहानमा सर्वसुलभ एवम् चितबुझ्दो स्वास्थ्य सेवा नपाउँदा सेवाग्राहीहरु विराटनगर, धरान, काठमाडौं, जनकपुर लगायतका ठाउँमा जानुपर्ने वाध्यता रहँदै आएको छ ।
शिलान्यास कार्यक्रममा उप प्रमुख राम चलितर महतो,वडा नं. १० का वडा अध्यक्ष मण्टी मंडल, वडा नं. ७ का वडा अध्यक्ष रामअपतार साहवडा नं. ११ का वडाअध्यक्ष सुर्यनारायण चौधरी,२२ का वडा अध्यक्ष श्याम अधिकारी लगाय स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
























