सिरहा,फाल्गुन २६ गते । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद नारा दिंई सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्रांगणमा आजदेखि १४ औंं जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु भएको छ । 

१८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लाका ७ वटा नगरपालिकाका छात्र छात्राहरुको खेलमा सहभागी रहेको छ । एथलेटिक्स, ज्यावालिंग थ्रो, भलिवल, लंग जम्प, हाई जम्प, कवड्डी, कराँते लगायतको खेलाइने खेलमा प्रत्येक पालिकाका ५८ जना छात्र छात्राहरुले भाग लिएको खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिनुभयो ।  तीन दिनसम्म खेलाइने खेलको अन्तिम खेल २८ गते हुने आयोजकले जनाएको छ । 

खेलको उद्घाटन गर्नुहुँदै खड्ग नगरपालिकाका नगर प्रमुखक जय प्रकाश चौधरी खेलविना कुनैपनि स्थानीय तहको विकास नहुने वताउँदै खेलको माध्यमबाट कुलतमा लागेका युवाहरुलाई समेत सही मार्गमा ल्याउन सकिने भएको हुँदै खेलकुद महत्वपूर्ण भएको वताउनुभयो । 

उद्घाटन खेलमा एथलेटिक्स खेलतर्फ खेलाईएको खेलमा छात्र तर्फ खड्क नगरपालिका प्रथम भएको छ भने छात्रा तर्फ बोदे वर्साइन भएका हुन् ।

C0070T01

खेलकुद विकास समिति सप्तरीको आयोजनामा संचालित राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको सहयोग र समन्वय खड्क नगरपालिकाकाले गरेका हुन् । खेलमा सबैभन्दा बढी गोल्डमेडल प्राप्त गर्ने पालिकालाई रनिग शिल्ड तथा दितीय हुनेलाई शिल्भर कप प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।  

खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख, दिनेश भुजेलको अध्यक्षता, खड्क नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत श्री महेन्द्र माध्यमिक विद्यालय ईनर्वा फुलबडियाका प्रधानाध्यापक प्रमोद कुमार यादवले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक देवराम यादवले गर्नुभएको थियो । 

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी, खड्क नगरपालिकाका उपमेयर रिता चौधरी लगायत सात वटै पालिकाका शिक्षा प्रमुख, स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो 

C0093T01C0067T01C0077T01