सिरहा,मा २९ गते । सिरहा प्रहरीले सिरहा नगरपालिका ७ बाट एक थान कटुवा पेस्तोलसहित औरही गाउँपालिका ४ कमलपुरका २१ वर्षिय सरोज कुमार यादवलाई पक्राउ गरेको छ । 

सदरमुकाम सिरहामा डेरा लिएर बस्दै आएका औरही गाउँपालिका ३ का २२ वर्षिय संजिव कुमार यादवसँग विवाद हुँदै गर्दा प्रहरीले सरोज यादवको शरीरमा खानतलासीको क्रममा उनको साथबाट हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  

हतियारसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।