विराटनगर,माघ २९ गते । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद गरेको छ । 

 बीआर ११ एक्स ३४२९ नम्बरको शङ्कास्पद अवस्थाको स्करपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । 

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार। भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको जनाइएको छ ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नक्कली नोट ल्याउने गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।