सिरहा,माघ २४ गते । सिरहास्थित संचालित मिर्चैया नगर अस्पतालबाट स्थानीयको स्वास्थ्य सेवा पहुँचमा थप प्रभावकारी बनाउने उद्देश्यले मिर्चैया नगरपालिकाले सर्वपक्षीयको सहयोगमा रेडक्रस भवन निर्माण गरेका छन् । 

नगरपालिकाको ईक्वीमेन्ट सहित नगर कोषबाट ३८ लाख एवम् संघ, प्रदेश तथा  सहयोगी हातहरुको सहयोगले रेडक्रस भवन बनेको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले जानकारी दिएका छन् । 

vlcsnap-2024-02-07-18h06m10s797

नगरपालिकाको मातहतमा रहेको वडा नं. ५ स्थित दुई कठ्ठा पाँच धुर जग्गामा बनेको रेडक्रस भवनमा ब्लड बैंक स्थापना गर्ने उद्देश्य अनुरुप नगरपालिकाले रेडक्रस भवन निर्माण गरेको जनाइएको छ । 

मिर्चैैया नगरपालिकाले नगर अस्पताल संचालन गरेको छ । अस्पताललाई ब्लडको आवश्यकता परेको खण्डमा जनकपुर, लहान, सिरहास्थित ब्लड बैंकको सहारा लिनुपर्ने वाध्यता रहँदै आएको थियो ।

vlcsnap-2024-02-07-18h06m29s258vlcsnap-2024-02-07-18h06m56s899