सिरहा,माघ२४ गते । ग्रामीण क्षेत्रका विपन्न परिवार एवम् अप्रवासीबाट फिर्ता भएका युवाहरुको दीगो आर्थिक उपार्जन गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । 

सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखरमा मंगलबार आयोजित अन्तक्र्रिया कार्यक्रममा व्यवसाय व्यवसाय र व्यवसाय सेवा प्रदायकबीच अन्तरसम्बन्धलाई सुदृढ बनाउने उद्देश्य रहेको समृद्धिका आपुर्ति श्रृंखला सुपरीवेक्षक प्रकाश खड्काले जानकारी दिनुभयो । 

अन्तक्र्रिया कार्यक्रममा कृषि विकास बैंक लहानका ऋण अधिकृत विष्णु घिमिरे, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड लहान शाखाका प्रमुख रामकुमार साह, एग्रोभेट प्रतिनिधि अमिरलाल यादव लगायतका सेवा प्रदायकहरुसँग अन्तक्र्रिया भएको थियो ।

धनगढीमाई नगरपालिका वडा नं। १ मा समृद्ध आयोजनासँग सम्बद्ध दुई वटा समूहका करिव साठी जना सदस्यहरुको उपस्थिति रहेको थियो । समृद्धिले उक्त वडामा विगत करिव पाँच वर्षदेखि दूध उत्पादनको क्षेत्रमा काम गर्दै आएको छ ।