रौतहट, माघ १८ गते । रौतहटमा प्रहरी गस्ती टोलीले एकलाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको अवैध सालको गोलिया काठ बरामद गरेको छ ।
राष्ट्रिय वनबाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका(१ भसेड्वास्थित बकैया खोलाको नजिकै स्थानीय सोनेलाल यादवको गोठमा लुकाई छिपाइ राखेको ३ थान सालको गोलिया काठ बुधबार साँझ प्रहरिले बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदिचौकका प्रमुख असई विनय कुमार झाको कमाण्डमा गएको टोलीले उक्त गोठ तथा गोठ छेउमा परालको कुन्यु मुनि लुकाई छिपाइ राखेको १ लाख ८ हजार बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय जंगलासहियामा बुझाएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




















