काठमाण्डौ,मघ १८ गते। प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा र व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ ।
कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि थापालाई काठमाडौंको बत्तीसपुतलीबाट तथा लैनचौरबाट चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी चौधरीलाई पनि का पक्राउ गरेको जनाईएको छ ।
सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।




















