सिरहा,माघ १७ गते । सामाजिक संजाल युट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा सिरहा लहान नगरपालिका-२४ का एक जना कीर्तिपुर नगरपालिका-४ आँगाटार बाट पक्राउ परेको छ । पक्रउ पर्नेमा लहान २४का ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई प्रहरीले पक्राउ परेको हो ।
झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल युट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले महतोलाई कीर्तिपुरबाट पक्राउ गरेका छन् ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















