महोत्तरी,माघ १७ गते । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म जयनगर बर्दिबास सम्म रेल्वेको तेस्रो खण्डको काम सुरु गरेको छ ।
६९ किलोमिटरको आयोजनालाई तीन खण्डमा विभाजन गरिएका रेल्वेको दुइई खण्डको काम सम्पन्न गरी तेस्रो खण्डमा भङ्गाहा देखि बर्दिबाससम्म १७ किलोमिटर दूरीमा अहिले काम सुरु गरेको हो ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि भङ्गाहासम्म १७ किलोमिटर गरी ५२ किमी भित्र निर्माण सम्पन्न भएर हाल रेल सेवा सञ्चालनमा ल्याइए संगै तेस्रो चरणमा भङ्गाहा देखि बर्दिबास सम्मको काम थालेको छ ।
तेस्रो खण्डमो भङ्गाहा देखि बर्दिबास खण्ड सम्मको १७ कि मी दूरी भित्र परेका जग्गा धनी लाई जग्गाको मुआब्जा वितरण गरे लगतै तेस्रो चरणको काम संचालन गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । भङ्गाहा देखि बर्दिबास सम्म पर्ने एक सय २३ बिघा जग्गामध्ये ८० प्रतिशतभन्दा बढीको मुआब्जा वितरण भइसकेको कम्पनीले जनाएको छ ।
भारत सरकारको सहयोगमा निर्माण भइरहेको आयोजनाको तेस्रो खण्डमा पर्ने जग्गाको मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गामा नेपाल भारतका प्राविधिकको संयुक्त टोलीले सर्वेक्षणका काम गरिरहेको कम्पनीले उल्लेख गर्नु भयो ।




















