सिरहा,माघ १६ गते । सिरहाको नरहा गाउँपालिका २ पानवारी स्थित हिमालय सुगर मिलमा एक जना मृत अवस्थामा फेला परेको छ । 

मंगलबार अन्दाजी २४र२५ वर्षको लाग्ने आशोक दासको शव  मिलमा  फेला परेको हो ।

 सोमबार बेलुका करिब ७ बजेको समयमा दास ट्रयाक्टरमा उखु लिएर हिमालय सुगर मिलमा प्रवेश गरका थिए। 

आफ्नो पालो न भएकाले ट्रयाक्टर मालिक र चालक  सुगर मिलको छेउमा रहेको होटलमा अंडा चुरा रेड्बुल खाएर फेरि त्यही मिल भित्र आएर ट्रयाक्टर मालिक र चालक संगै सुतेका थिए।

राजेश दासले बिहान् आफ्नो पालो आउँदा  चालक अशोक दासलाई उठाउन खोजदा नउठेपछि आफ्नो चालक अशोक दासको मृत भएको थाहा पाए संगै  प्रहरीलाइ जानकारी गराएको ट्रयाक्टर मालिकले जनाउनु भयो ।

यता घटना सम्वन्धि थप अनुसन्धान भई रहेको प्रहरीले बताउनु भयो ।