सिरहा,पुस १९ गते । गोलबजार नगरपालिकाले नगर क्षेत्रभित्रका वडा नं. २ देखि १३ वडासम्मका एक हजार दुई सय ३५ किसानले प्रयोग गरेको करिव आठ लाख रकम कृषि विद्युत महशुल विद्युत प्राधिकरण मिर्चैैया वितरण केन्द्रलाई बुझाएको छ ।
नगर प्रमुख श्याम कुमार श्रेष्ठले आज एक समारोहका बीच नेपाल विद्युत प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्मालाई पहिलो किस्ताको सात लाख ९७ हजार छ सय ४५ रुपैयाँको चेक हस्तान्तान्तरण गरेका हुन् ।
भुक्तानी भएको रकम साउन देखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले वताउनुभयो । उहाँले किसानहरुको महसुल नगरपालिकाले तिरिसकेपछि विद्युत चुहावट पनि कम हुने र किसानहरुलाई पनि सहुलियत हुने उद्देश्यले नगरपालिकाद्वारा कृषि विद्युत् महसुल भुक्तानी गरेको जनाउनुभयो । उहाँले अधिकांश ठाउँमा दुई फेजको विद्युत् लाइन मात्र जडान भएकोले चार लाईनको विद्युत जडान गरिदिन विद्युत प्राधिकरणलाई आग्रह समेत गर्नुभएको छ ।
विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले यस वर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानहरुले भुमिगत सिंञ्चाईको सहयोगमा खेतिपाती गर्नुपर्नै वाध्यताले यस्तो वेलामा नगरले विद्युत महशुल तिरेर किसानको लागि घाउमा मलहम पट्टी लगाए जस्तो भएको जनाउनुभयो ।




















