सिरहा,पुस १४ गते । कर्जनहा नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष फनिन्द्र प्रसाद पोखरेल लाई डिभिजन वन कार्यालय लहान सिरहाले पक्रउ गरेको विरुद्धमा स्थानीवासी सडक जाम गर्नुको साथै वन्दीपुरमा रहेको कार्यालयमा तालावन्दी समेत गरेका छन् ।
उनीहरुले वडा अध्यक्षलाई विना शर्त रिहाईको माग गर्दै पूर्वश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत वन्दीपुरमा गरेको सडक जामका कारण सयौं सवारी साधन विचबाटोमै अलपत्र परेका छन् ।
स्थानीय ईन्द्रेश राउतका अनुसार डिभिजन वन कार्यालय लहान सिरहाले निजी जग्गाको पुरानो पोखरी सरसफाईको सिफारीस गरेकै भरमा वडा अध्यक्षलाई पक्राउ गरेकाले आफुहरु विना शर्त रिहाईको माग गर्दै सडक जाम र कार्यालयमा तालावन्दी गरेको बताए ।
यता डिभिजन वन कार्यालय लहान सिरहाले कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्तखन्न गर्न ठेकेदारलाई गैर कानुनी रुपमा सिफारीस दिएको प्रमाण फेला परे पछी वडा अध्यक्ष पोखरेललाई पक्राउ गरीएको जानकारी दिएको छ ।





















