काठमाडौं, पुस १३ गते । संघीय मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर ललितपुरको बालकुमारीमा आगजनी गरेको छ ।रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन गरीरहेको प्रदर्शनकारीले आगजानी गरेको हो ।
सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।
ललितपुरको बालकुमारीमा भेला भएका युवाले सडक अबरुद्ध गरेर तोडफोड गर्दा समेत प्रहरी र ट्राफिक प्रहरी कार्यालयको उपस्थिति देखिएको छैन ।
अहिले प्रहरी टोली त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जनाउनु भयो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले पनि आफ्नो टोली त्यहाँ पुगिनसकेको बताए ।अहिले ललितपुरमा प्रदर्शनकारीले सडक अबरुद्ध पारेका छन् ।




















