सिरहा,पुस ५ गते । संरक्षिततथानिषेधित चुरे तथावन क्षेत्रबाट नदीजन्यपदार्थ उत्खनन् गर्न ठेक्कालगाएको र अवैध उत्खनन् गराएको आरोपमा डिभिजनल वनकार्यालय लहान सिरहाले धनगढीमाई नगरिपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाशमहतो सहित १८ जना माथि जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ । 

मुद्दा दायर गरिएका प्रतिवादीहरुमा प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, मञ्जित यादव, फूलकुमार यादव, सन्दीप कुमार यादव, रामकुमार यादव, अरविन्द किशोर यादव , इन्द्रजित महतो , रमण किशोर यादव र पुरुपोत्तम यादव, नगरपालिकाका प्रशासन शाखाका साहायक रञ्जितकुमार सिंह, बरुण कन्सट्रक्सनका सञ्चालक नीलमकुमारी यादव, स्काभेटरका धनी बद्री यादव, ट्रयाक्टर धनीहरु रंजित पासवान , रघुनाथ कुमार महतो, बिमलअधिकारी, सरोज कुमार यादव, राकेश यादव र हरि नेपालीलाई पनि प्रतिवादी बनाइएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिनुभयो । 

दायर गरिएको मुद्दामा बिगो बमोजिम जरिवाना र एक वर्ष कैद सजायको माग गरिएको छ । फौेजदारी कसुरमा अभियोग लागेको भएपनि एक वर्षभन्दाकम जेल सजायहुने मुद्दामा अदालतमा आत्मसमर्पण गर्दा धरौटीमा रिहा हुन सक्ने कानूनमा प्रावधान छ । 

3

डिभिजनल वनकार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार वन नियमावली २०७९ को नियम ३०(५) , वातावरण संरक्षण ऐन २०७६ को दफा ३ (ख) र ढुंगा , गिट्टी , बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ को दफा ४ (ख) र ६ (३) बमोजिमको प्रकृया पूरा नगरी अवैध रुपमा उत्खनन् गरेको कसुरमा निज प्रतिवादीहरु उपर मुद्दा दायर गरिएको उल्लेख गर्नुभयो ।

धनगढीमाई नगरपालिका वडा नं. १२ र १३ स्थित सर्रे खोलामा अवैध रुपमागिट्टी , बालुवा र ढुंगा उत्खनन् गरेको भन्दै गत मंसिर १५ गते डिभिजनल वनकार्यालय लहानले १ थान स्काभेटर र ७ थान ट्रयाक्टर सहित ८ जनालाई पक्राउ गरेको थियो ।