,मंसिर ७ गते । मंसिर ७ गते आज तय गरीएको शक्ति प्रदशनको क्रममा काठमाण्डौको बल्खुमा मेडिकल व्यवसाय दुर्गा प्रसाई र नेकपा एमालेका भात्रि संगठन यूवा संध विच झडप भएको छ ।
शक्रि प्रदशन गर्ने क्रममा दुबै तर्फबाट ढुङ्गा हानाहान भएपछी त्यहाकँका स्थिति तनाव ग्रस्त बनेको छ । काठमाडौं प्रशासनले प्रसाईं समूहका लागि तोकेको बल्खु क्षेत्रमा युवा संघको टोली पुगेपछि त्यहाँ झडप भएको हो । झडपमा अहिले सम्म कुनै मानविय क्षती भएको छैन ।अवस्था लाई नियन्त्रण लिनमा भारी मात्रामा प्रहरी,सशत्र प्रहरी र नेपाली सेनालाई परिचालन गरेको छ ।
प्रदर्शनका क्रममा मुठभेठ हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन काठमाडौंले युवा संघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थल तोकेको थियो ।




















