सिरहा,मंसिर ४ गते । छठ पूजाको अन्तिम दिन उदाउदै गरेको सुर्यलाई अरग दिई निष्ठा एवम् श्रद्धापूर्वक छठ पर्व समापन भएकछ ।

दुई दिन अगाडी देखी सिरहाका विभिन्न नदी,तलाउ,पोखरी तथा जलाशयहरुलाई दुलही झैं सिंगारिएको छ । मित्रता र सद्भावका कारण यो पर्व सबैको लोकप्रिय तथा साझा पर्व बन्दैछ । 

उदाउँदै गरेको सूर्य आराधनाका लागि लहान स्थित रघुनाथपुर पोखरी, खुट्टी खोला, ब्रम्हान पोखरी, रामानन्द पोखरी लगायतका सिरहा जिल्लाका पोखरी, तलाउ, नदीहरु रंगबीरंगी बत्तिले झिलिमिली पारेपछि ब्रत अझ उल्लासमय देखिएका थिए ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वासका कारण सबै जातजातिले यो पर्व धुमधामसँगै मानाएका छन् । 

आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो वर्षको छठपर्व विधिवत् रूपमा समापन भएको छ ।

vlcsnap-2023-11-20-16h13m42s961