सिरहा, मंसिर गते । श्रद्धा एवम् निष्ठापूर्वक भव्यताको साथमनाइने छठ पर्वकोतयारी लगभग सिरहामा पनि पुरा भएको छ । 

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन सिरहाका विभिन्ननदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैं सिंगारिने काम भइरहेको छ भने पूजाको लागि पण्डाल तथा टेन्टहरु लगाउने काम पनि धमाधम भइरहेको छ । 

कठोर पर्वको रुपमा समेत रहेको छठ पर्वको हिजो शुक्रबार नहाय खायबाट शुरु भएको थियो । त्यसैगर, आज खरना (खिर खाने) दिन रहेको छ  । आइतबार निराधार ब्रतबसी अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिनेछ । 

vlcsnap-2023-11-18-13h34m24s199