सिरहा,कार्तिक ३० गते । सिरहाको  मिर्चैयामा बुधवार स्वर्गिय राम भरोष साहको चौथो वार्षिकीमा पाँच जना संचरकर्मीलाई सम्मान गरेको छ ।

नेपाल सुडी समाज कल्याण समितिका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति सिरहाका उपसभापति रहिसकेका साह जिउँदो हुँदा मिर्चैया र समग्र सिरहामा उल्लेख्य योगदान गरेका समाजसेवी एवम राजनितिज्ञ स्वर्गिय साहको सम्पन्न चौथो वार्षिकीमा पाँच जना संचारकर्मीलाई सम्मान गरेको हो । 

सम्मानीत हुनेहरुमा नेपाल टेलिभिजनका सम्वादाता श्याम कुमार ठाकुर, कान्तिपुर टेलिभिजनका विनय आजाद, मनकामना पोष्टका रामनारायण ठाकुर, रेडियो गंगाजलका प्रमुख सरोजकुमार पासमान र एनएसडब्ल्यू न्यूजका पंकज शर्मा रहेका छन् । 

ट्रष्टका अध्यक्ष एवं राप्रपाका केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख रामप्रताप साह (भोला) को अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशकी सांसद तथा स्वर्गीय साहकी बुहारी प्रमुख अतिथि कञ्चन बिच्छा साहले झोला, डायरी र कलमसहित अबिर र गम्छा लगाएर सम्मान गरिएको थियो ।

WhatsApp Image 2023-11-16 at 5.41.28 AM

उनीहरूलाई देश र समाजको रूपान्तरणका लागि पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रोत्साहन गर्ने उद्देश्यले संचारकमीलाई सम्मान गरिएको ट्रष्टले जनाएको छ ।

यसैगरी, मिर्चैया नगरपालिकाकी उपप्रमुख जिबछी देवी साह, राप्रपाका केन्द्रीय सदस्य रामनारायण साह (सुनिल), राप्रपाका सिरहा अध्यक्ष सम्भुप्रसाद यादव, नेपाल सुडी समाज कल्याण समितिका अध्यक्ष तुलन महतो, समाजसेवी एवं पूर्वकर्मचारी रामलखन मण्डल, राप्रपाका मिर्चैया अध्यक्ष एक मिर्चैयाका पूर्व गाबिस अध्यक्ष बेचन साहसहित स्थानीय, बुद्धिजीवीलगायत सयौंजना कार्यक्रममा सहभागि  थिए ।

साहको सम्झनामा रामभरोष साह मेमोरियल ट्रष्टले मिर्चैयामा प्रत्येक वर्ष स्मृतिसभा कार्यक्रम गर्दै आएको छ ।