सिरहा,कार्तिक २९ गते ।लोप हुन लागेको अति रोमान्चित हुराहुरी प्रतियोगिता जगेर्ना गर्ने उद्देश्यले सिरहाको लहानस्थित गमहरियामा हुराहुरी प्रतियोगितालाई निरन्तरता दिएको छ ।

स्याउलाले बनाएको हुरामा सुंगुरलाई बाँधेर भैंसीलाई जुधाउने प्रचलन रहँदै आएको छ । हुर्राहुर्री प्रतियोगितामा भाग लिएका भैंसीहरु मध्ये स्थानीय चन्द्रदेव यादवको भैंसीले हुर्रामा बाँधिएको सुँगुरलाई मारिएका हुन् । 

यसपल्टको हुर्राहुर्री प्रतियोगितामा आसपासका आधा दर्जन भन्दा बढी भैंसीहरुलाई समावेश गरिएको थियो । गोर्बधन पूजाको समाप्तिसँगै हुर्राहुर्री प्रतियोगिता हुने गरिएको छ । 

WhatsApp Image 2023-11-15 at 5.28.12 PM (2)