सिरहा,कार्तिक २७ गते । मन्त्रीपरिषदले समाजि द्वेष फैलाएको भन्दै टिक टक बन्द गर्ने निर्णय संगै नेपाल दूरसंचार प्राधिकरणले टिक टक बन्द गर्न ईन्टनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
दूरसंचार प्राधिकरणले सरकारको निर्णयलाई कार्वानयनका लागि २४ घण्टा भित्र टिक टक बन्द गर्न सेवा प्रदायकहरुलाई पत्रचार गरेको हो ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले का अनुसार ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’




















