सिरहा,कार्तिक २१ गते । सिरहा स्थित लाहन नगरपालिका १सिंगराहीबाट  सोमवार नौ एमएमको अटोटीक पेस्तोल सहित  प्रहरीले  तीन जानालाई पक्राउ गरेको छ । 

सश्स्त्र प्रहरी वल नेपालको  ईन्टिलीजेन्स व्युरोले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका ४ का ३५ वर्षीय संजय प्रसाद चौधरीलाई पक्राउ गरेको हो।

विशेष सुचनाको आधारमा खटिएको सुरक्षा टोलिले पत्रलाउ परेको साथ बाट दुई थान गोली लोड भएको अटोमेटीक  पेस्तोल,१ लाख ८४ हजार २ सय ५३ रुपैयाँ,४ थान मोवाईल,नेपाल टेलिकमको २२ थान सिम कार्ड,१४ थान एनसेलको सिम कार्ड,नेपाल टेलिककै ५० रुपैया दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड सहित उनी हरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु विभिन्न अपराध  र फिरौतीमा संलग्न रहेको जनाएको छ । नियन्त्रणमा लिईएकाहरुलाई र बरामद पेस्तोल,नगद तथा रिचार्ज कार्ड सहित आवश्यक कार्वाहीको ईलाका  प्रहरीकार्यालय लहानमा राखीएको  ईलाका प्रहरी कार्यालय लहानका प्रवक्ता  रविन्द्र राज पाण्डेले बताउनु भो ।