सिरहा, कार्तिक १९ गते । सिरहको सखुवान्कारकट्टी गाँउपालिकाका कर्मचारीहरु तलब भत्ता नपाएको भन्दै विभिन्न माग राखी आन्दोलनमा उक्रेका छन् ।
गाँउपालिकाको प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य,जनप्रतिनिहरुलाई चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै आज दबाब र्याली निकालेका थिए ।
नेपालीहरुको महान पर्व दशैमा पनि तलब नपाएको र तराई मधेशको ठुलो पर्व छठ नजिकिदै गर्दा पनि तलब भत्ता नपाउने भएपछि दवाव स्वरुप आन्दोलनका कार्यक्रम राखी आज ज्ञापन पत्र बुझाएका छन् ।




















