सिरहा,कार्तिक १५ गते । सिरहाको सखुवान्नकारकटी गाउँपालिकामा नेपालि कांग्रेस र जन्ता समाजवादी नेपाले संयुक्त रुपमा संयुक्त पे्रस विज्ञप्ती सखुवान्नकारकट्टी गाउँपालिकाका कार्यवाहक प्रमुख प्रसाशकिय अधिकृत हरी नारायण चौधरीलाई बुझाएको छ ।

चाड पर्वमा पनि तीन महिनाको समाजिक सुरक्षा भत्ता किन र के कारणले वितरण हुन नसकेको लगायत १७ वुंदे माग सहित विज्ञप्ती पालिका का.वा.अधिकृत चौधरी लाई बुझाएको हो ।

सखुवान्नकारकट्टी गापा उपाध्यक्ष निलम यादव,वडा नं. १ का वडा अध्यक्ष संजय कुमार यादव,वडा नं. २ का वडा अध्यक्ष तनुकलाल यादवद,वडा नं. ४ का वडा अध्यक्ष रमेश यादव लगायत कार्यपलिका सदस्य र वडा सदस्य हस्ताक्षरति विज्ञप्तीमा पालिका भित्रका शिक्षक तथा कर्मचारीहरुको तलव किन उपलव्ध हुन नसकेको,गत आर्थिक वर्ष ०७९ र ०८० को समपूर्ण हिसाव विवरण कार्यपालिका सदस्यहरुलाई उपलव्ध गराउनु पर्ने, मिति २०८०/३/२५ गते परिषदले गरेको सम्पूर्ण निर्णयहरु खारेज हुनु पर्ने लगायत १७ वुंदे माग रहेको छ ।

अहिले यो विषयमा आफू केहि न बोल्ने प्रमुख प्रसाशकिय अधिकृत राजीव कुमार झा आएपछी अधिकृत लाई बुभझाउने का.वा अधिकृत चौधरीले बताउनु भयो ।

आफूहरुको माग सम्वोधन न भए कानुनी प्रक्रिया अपनाई कडा आन्दोलन गर्ने ४ नं.का वडा अध्यक्ष यादवले जनाउनु भयो ।

pressWhatsApp Image 2023-11-01 at 6.37.43 PM 1