सिरहा,कार्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले ठुला सवारी साधानको “प्रेसर हर्न” जफत गर्ने अभियान शुरु गरेको छ । अभियानका क्रममा २७ वटा सवारी साधनमा लगाएको “प्रेसर हर्न” पनि जफत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ ।
प्रेसर हर्न बजाउनाले सर्वसाधारणको स्वास्थ्यमा असर पर्ने गरेको गुनामसो आए लगतै जिल्लाभरीमा गुड्ने त्यस्ता सवारी साधनबाट प्रसर हर्न निकालिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर पुरीले बताए ।
सवारी दुर्घटना न्युनिकरण गर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्ने तथा जनचेतना फैलाउने उद्देश्यले जिल्लाभरी विभिन्न ठाउँमा ट्राफिक परिचालन गरी चेकजाँचको क्रममा बस तथा ट्रकहरुमा मापदण्ड विपरीत राखिएका “प्रेसर हर्न” नियन्त्रणमा लिनुका साथै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारवाहरी समेत गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक पुरीले उल्लेख गर्नु भयो ।
अभियानकै क्रममा सवारी मापदण्ड विपरीत “प्रेसर हर्न” राख्ने, अनावश्यक लाईटहरु राख्ने, अतिरिक्त सिटहरु राख्ने लगायतका कार्य गर्नेलाई पनि कारवाही गरिएको र त्यस्ता प्रकारका लाईट तथा सिट जफत गरिएको बताए छ ।
सवारी साधनमा त्यस्ता कार्य नगर्न अनुरोध गरेको र त्यस्ता कार्य गरेको पाईएमा ट्राफिक नियम बमोजिम कडा कारवाही गरीने व्यहोरा समेत अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा,लहानका प्रहरी बरिष्ठ नायब निरिक्षक विदुर मणी भट्टराईले बताउनु भयो ।




















