सिरहा असोज २९ गते ।मधेश प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द वहादुर न्यौपानेले वीरगन्जमा रहेको कृषि औजार कारखानालाई पून संचालनमा ल्याइने वताउनुभएको छ । 

सिरहाको भगवानपुरमा आयोजित १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवम् ४३ औं विश्व खाद्य दिवसको उपलक्ष्यमा राष्ट्रिय कृषक समूह महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री न्यौपानेले सो कुरा वताउनुभएको हो । 

अहिलेको समयमा कृषि यान्त्रिकीकरण विना कृषि कर्म गर्न असम्भव रहेको वताउँदै मन्त्री न्यौपानेले बीरगंजमा रहेको कृषि औजार कारखानालाई संचालनमा ल्याउनको लागि संघीय सरकारसँग छलफल चलिरहेकोले सो कारखाना संचालन गर्न स्थानीय सरकारले पनि सहयोग गर्न आग्रह गर्नुभयो । 

vlcsnap-2023-10-16-16h35m23s903

मधेश प्रदेश नेपालको अन्न भण्डारको रुपमा रहे पनि कृषिप्रति सरकारको उदासिनताको कारण कृषिप्रति स्थानीय कृषकहरु विमुख हुन थालेकाले कृषिमा आत्मनिर्भर बनाउनको लागि मन्त्रालयले १० वर्षे कार्य योजना बनाइसकेकोले अब कृषकहरुको लागि भरपूर रुपमा सहयोग पुग्ने गरी कार्यक्रम आउने प्रतिबद्धता मन्त्री न्यौपाने दिनुभयो । 

कृषि अनुदानले कृषकहरुलाई निकम्मा बनाउने गरेकाले अबका दिनमा किसानलाई अनुदान होईन, सहुलियत दरमा ऋण उपलब्ध गराउनेसँगै मन्त्रालयमा कृषि समूह बनाएर योजना सहित आउनेहरुलाई कृषि कर्मको लागि सबैखाले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । 

त्यसबेला नेपाल विकासका लागि  ज्ञानेश्वर पाउण्डेश्वरले भगवानपुरमा रहेको कृषक समूहलाई प्रोत्साहन स्वरुप तीन लाख साठी हजार नगद प्रदान गरेको छ । १७ वटा स्थानीय तह रहेको सिरहामा भगवानपुर गाउँपालिकाले मात्र गरिव विपन्नहरुको आय आर्जनको लागि पालिकाले सामूहिक खेती गर्दै आएका कारण कृषक समूहलाई हौसला प्रदान गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको जनाएको छ ।

vlcsnap-2023-10-16-16h36m10s965