सिरहा,असोज १९ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि मिथिला क्षेत्रमा बडो धुमधामसँग मनाउने जितिया पर्व सिरहामा पनि नहाँ खा (नुहाएर खाने) विधि गर्दै आजबाट जितिया पर्व शुरु भएको छ । 

विवाहित महिलाले मनाउने जितिया पर्वको व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने विधि रहेकोले आज विहानैदेखि नदी तलाउ पोखरीमा महिलाहरुको घुइँचो देखिएको छ ।

भोलि शनिबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसेर पर्सि आइतबार वर्तालुले व्रत सम्पन्न गर्ने पुरोहित वासुदेव पण्डितले जानकारी दिनुभयो । 

2

नेपाली पात्रो र भारतीय पञ्चांगको तिथिमा केही गडबढीको कारण केही ठाउँमा हिजोबाट नै जितिया पर्व शुरु भएको हो । पुरोहित पण्डितका अनुसार जितिया पर्व हिजैबाट शुरु गरेका ब्रतालुहरुले शनिबार बिहान साढे १० बजेपछि मात्रै जितिया पर्वलाई समापन गर्न पाइने जनाइएको छ । चलन चल्तिमा उपासना बसेको भोलिपल्ट विहानै जितिया पर्व समापन गर्ने चलन रहेको छ ।

1