सिरहा,असोज १६ गते । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलिले मंगलबार सिरहा नगरपालिका वडा नं. १८ तारापट्टिबाट करिव अस्सी लाख मूल्य बराबरको अवैध लत्ता कपडा नियन्त्रणमा लिएको छ । 

नजिकिंदै गरेको चाडपर्वलाइ लक्षित गरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गरी प्रहरीको विशेष योजनाका आधारमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा उक्त  परिमाणको लत्ता कपडा नियन्त्रणमा लिएको हो । 

WhatsApp Image 2023-10-03 at 11.46.21

सम्भवतः प्रहरीले पक्राउ गरेको हालसम्मकै परिमाण सिरहा जिल्लाको पहिलो हुन सक्ने वताइएको छ । यस अघि राजश्व अनुसन्धान कार्यालय ईटहरी र सशस्त्र प्रहरी नं. ७ गण हेड क्वाटर सिरहाको संयुक्त परिचालनमा असोज १३ मा ४० लाख र असोज १५ मा २५ लाख मुल्य बराबरको कपडा बरामद गरिएको थियो ।

 विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको सामान आबश्यक कारवाहिको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेड क्वाटर सिरहाले जानकारी दिएको छ ।