सिरहा,जेठ १२ गते । सिरहा नगरपालिका वडा नं.२०को स्वास्थय चौकी लगडी गदियानीमा कर्मचारी नबस्दा सेबाग्रही मारमा परेका छन् ।

वडा कार्यालय संगै जोडिएको स्वास्थ्य चौकीमा कास सहित ४ जना स्वास्थ्यकर्मी कर्मचारीहरु छन् तर उनीहरुको कार्यालय खोल्ने र बन्द गर्ने कुनै समय नै नरहेको स्थानियहरुको भनाई रहेको छ ।

वडा कार्यालयमा नियमित कर्मचारी बस्छ तर स्वास्थ्य चौकीमा डाक्टर नबस्दा स्थानियहरु मारमा परेका छन् ।

सिरहा जिल्लाको दक्षीणी भेगमा रहेको उक्त वडाको स्वास्थ्य चौकीमा प्राय कुनै कर्मचारी नबस्दा स्थानियलाई समस्या हुने गरेको स्थानियवासीको भनाई रहेको छ ।

उनी टाउको दुख्ने रुघाखोकीको समस्याले २ बजे स्वास्थय चौकी पुगे तर त्यहा बन्द देखे पछि त्यतिकै फर्किन बाध्य भए र पुनः ३ बजे अर्का एक जना महिहला आईन उ पनि बन्द देखेर त्यतिकै फर्किन बाध्य भए ।

यो स्वास्थ्य चौकीका प्रमुख संग बुझदा हा्रमो सबै कर्मचारीहरु खोप केन्द्रमा गएको बताए र हामी सधै कार्यालय मै बस्ने गरेको जिकिर गरे ।