सिरहा,जेठ २ गते । लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले कर्मचारी र शिक्षकहरुलाई अभद्र व्यवहार गर्न थालेपछि कर्मचारीहरु आन्दोलित भएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनले तोकेको कार्यक्षेत्र भन्दा बाहिर गएर कार्यालयको समयमा प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमको कार्यकक्षमा नै गएर उपमेयर महतोले रकम लेनदेनको आरोप लगाउँदै अभद्र व्यवहार समेत गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । 

आज कर्मचारी र शिक्षकहरुले उपमेयर रामचलितर महतोलाई ज्ञापन पत्र बुझाउँदै आरोप प्रमाणित गर्न वा प्रमाणित गर्न नसके सम्पूर्ण आरोप लगाएका शब्दहरु अबिलम्ब फिर्ता लिन अनुरोध गरेको छ । आइन्दा नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

यस विषयमा थप बुझन लहान नगरपालिका उपप्रमुख राम चलितर महतो संग सम्र्पक गर्दा निजको फोन उठेन ।

यता नगरपालिकाका नगरप्रमुख महेश चौधरीले कर्मचारी र शिक्षकहरुको मागलाई कार्यापालिका बैठकबाट निक्र्यौल गर्ने वताउनु भएको छ ।