सिरहा,बैशाख ३० गते । डिभिजन वन कार्यालय सिरहा,लहानले अबैध रुपमा लुकाई छिपाई राखेको साल काठ सहित कटर मेशिन बरामद गरेको छ ।
डिभिज वन कार्यालय सिरहा,लहान र सब डिभिजन वन कार्यालय लहानका वन कर्मचारीहरु अधिकृत देबेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले लहान न.पा. वडा नं. १९ कटहा स्थित अरुण यादबको घरमा झायल बनाउदै गरेको अबस्थामा २ थान झयाल,५ थान चौकस १ थान कटर मेसिन सहित अन्दाजी १ लाख बराबरको समान र काठ बरामद गरेका जमदार लखन झाले बताए ।
बिशेष सुरारकको अधारमा खटिएको गस्तीटोलीले उक्त परिमाणको काठ बरामद गरी आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए ।




















