राजविराज, २९ बैशाख । हरवा चरवा बचत तथा ऋण समुहका पदाधिकारीहरुलाई बचत तथा ऋण व्यवस्थापन तीन दिने तालिम दिईएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातोमा बैशाख २६ देखि २८ गतेसम्म सञ्चालित सो तालिमा डाक्नेश्वरी नगरपालिकाको बिभिन्न वडामा गठित हरवा चरवा बचत तथा ऋण समुहका २५ जनाको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवस्थापसँगै बचत तथा ऋण प्रवाहमा सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थागत विकाससँगै बचत तथा ऋण व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो ।
सो तालिमकको अरबिन्द कुमार चौधरी र चन्द्रकिशोर चौधरीले सहजीकरण गर्नुभएको थियो ।




















