सिरहा, वैशाख २५ गते । तराई मधेशका सिरहा लगायतका जिल्लामा तापमान ४५ डिग्री सेल्सियस भन्दा बढी भएकोले यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो । 


देशका तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन स्वास्थ्य कार्यालय सिरहाले अनुरोध गरेको छ ।


गर्मीका कारण तराई, मधेशका स्थानिय बजारहरुमा ब्यापारको कमि संगै स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् । मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । सिरहामा  तातो बढ्दै जाँदा दैनिकरूपमा गरी खाने वर्गलाई समस्या पर्न थालेको छ। 


केही दिनअघिदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ । 


अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन डा। साहले आग्रह गर्नुभएको छ । 


तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वासप्रश्वासमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताउनुभयो  ।