सिरहा,चैत्र ७ गते । जनमत पार्टीका अध्यक्ष डा. सि.के.राउतले किसानमारा नीति सरकारले ल्याए सरकार छोडेर किसान आन्दोलनमा उत्रिने वताउनुभएको छ ।
गरिव किसानहरुको अनुदान कटौतीको सट्टा सांसद्, मन्त्रीहरुको तलव तथा सुविधा कटौती गर्न अध्यक्ष राउतले सरकारलाई आग्रह गर्नुभयो । यसो नगरिएको खण्डमा आफूहरुले वाध्य भएर गरिव किसानहरुको पक्षमा उभिनुपर्ने वाध्यात्मक स्थिति आउने उहाँले उल्लेख गर्नुुभयो ।

एक अर्को प्रसंगमा अध्यक्ष राउतले मधेश प्रदेशमा दिन प्रति दिन साक्षरता घट्दै गएकाले आफूलाई गम्भीर वनाएको भन्दै एक जना पनि अनपढ नरहुन् भन्ने उद्देश्यले मधेश प्रदेशमा साक्षरता सेनानि अभियानको थालनी गर्ने वताउनुभयो ।

हुँचवालाहरुले सरकारी विद्यालयलाई भर्ति केन्द्र बनाएको उल्लेख गर्नुहुँदै अध्यक्ष राउतले शैक्षिक बेथिति सुधार गर्नको लागि साक्षरता सेना अभियान संचालन गर्ने वताउनुभयो । यसको व्यवस्थापन मधेश प्रदेश सरकारले स्वयंसेवक शिक्षकको व्यवस्था गर्नेे समेत उहाँले उल्लेख गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य रोहित महतो सहित कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी पार्टी लगायतका सयौं पार्टी कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।




















