काठमाडौं,चैत ६ गते । शीतल निवासबाट नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाइ गरिएको छ ।
आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
शपथ ग्रहण समारोहमा यादव दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएका थिए । उनले गम्छा पनि भिरेका थिए ।
शपथ ग्रहणपछि उनलाई राष्ट्रपति पौडेल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले पुष्पगुच्छा दिएर बधाई ज्ञापन गरे ।
सोही समारोहमा पूर्वउपराष्ट्रपति पुनलाई प्रधानमन्त्री प्रचण्डले काठको आँखीझ्याल दिएर विदाइ गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आँखीझ्याल नै दिएर विदाइ गरिएको थियो ।

उपराष्ट्रपति यादवको सपथ ग्रहण समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सहभागी थिए । समारोहमा उपराष्ट्रपति यादवकी श्रीमती चम्पादेवी यादवसहित परिवारका सदस्यहरु पनि सहभागी थिए । अनलाईन खवर बाट




















