सिरहा,चैत्र ५ गते । थारु कल्याणकारी सभा धनगढीमाईको नगर अधिवेशनमा धनगढीमाई नगरपालिका उपप्रमुख संगिता चौधरीले थारु कला संस्कृति र भेषभुषामा धनी भए पनि हकअधिकार लगायत पहिचानको लागि पछि परेको बताईन् ।

उपप्रमुख चैधरीले बोल्दै थारु कल्याणकारी सभाको विधान वमोजिम विगतमा थारु अगुवाहरु मनोमानी ढङगले कार्य गरेकाले आज थरु एकजुट हुन नसकेको बताईन् ।

उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारु कल्याणकारी सभा धनगढीमाई नगरपालिकाले नगर भरीका थारुहरुको भेलाबाट नगर समितिमा शम्भु चौधरी सर्वसम्मत चयन गरेको छ  ।

थारुको पहिचान,भेषभुषा,कला संस्कृति,भाषा संरक्षण गर्ने उद्देश्यले नगर स्तरिय समिति गठन गरिएको नगर सभापति चौधरीले जनाउनु भयो ।

WhatsApp Image 2023-03-19 at 8.44.29 AM (1)

नगर सभापति चौधरीको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा मोहन चौधरी र निलम चौधरी सचिवमा उरेश चौधरी सह सचिवमा आशा चौधरी र कोषाध्यक्षमा  वविता चौधरी लगायत १३ सदस्य नगर समिति चयन गरेको उपाध्यक्ष निलम चौधरीले उल्लेख गरिन् ।

थारु काल्यणकारी सभा सिरहाका जिल्ला सदस्य दश्मीलाला चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।